म्याग्दे पूर्ण खोप सुनिश्चित पालिका घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    खबरपुञ्ज संवाददाता

    २६ जेष्ठ २०८१, आईतवार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । गाउँपालिकाभित्रका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

    म्याग्दे गाउँपालिका–३ स्थित पसले आधारभूत स्वास्थ्य केन्द्र, किल्चोक सामुदायिक स्वास्थ्य इकाइका कर्मचारीले घरधुरी सर्वेक्षण गरी पूर्ण खोप पाएको सुनिश्चितता पश्चात् पालिकालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    सो कार्यक्रममा उपस्थित सबैले आगामी दिनमा समेत अभियानको दिगोपना कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले घोषणामात्रै ठूलो कुरा नभएकाले यसको दिगोपना महत्वपूर्ण रहेको बताए ।

    स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीले प्रत्येक वर्ष बालबालिकाले पूर्ण खोप पाएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने प्रावधान रहेको बताए।