टी २० विश्वकप : क्यानडा विरुद्ध पाकिस्तान सात विकेटले विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    टी २० विश्वकप : क्यानडा विरुद्ध पाकिस्तान सात विकेटले विजयी

    खबरपुञ्ज संवाददाता

    २८ जेष्ठ २०८१, मंगलवार

    न्युयोर्क । टी–२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ । मंगलबार राति समूह ए अन्तरगतको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको छ । जितका लागि पाएको १ सय ७ रनको लक्ष्य पाकिस्तानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पछ्याएको हो । 

    पाकिस्तानका लागि मोहम्मद रिजवान र कप्तान बाबर अजमले जितको आधार तयार गरे । दुवैले दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गरे । 

    ६२ बलमा ६३ रन जोडेको साझेदारी बाबर आउट भएपछि तोडिएको थियो । कप्तान बाबरले ३३ बलमा ३३ रन बनाए । उनले यस क्रममा १ चौका र १ छक्का प्रहार गरे ।

    रिजवानले टोलीका लागि सर्वाधिक ५३ रन बनाए । उनले ५३ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

    यसअघि एरोन जोनसनको अर्धशतकको मद्दतले क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो ।

    लो स्कोरिङ खेलहरु भइरहेको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जोनसनले शानदार ब्याटिङ गर्दै ४४ बलमा ५२ रन जोडे । उनले यसक्रममा ४ चौका र ४ छक्का प्रहार गरे । 

    कलिम सानाले १४ बलमा १३ रन बनाए । कप्तान साद बिन जाफरले २१ बलमा १० रनको योगदान दिए ।

    पाकिस्तानका लागि ह्यारिस राउफ र मोहम्मद आमिरले २–२ विकेट लिए । शाहिन शाह अफ्रिदी र नसिम शाहले १–१ विकेट हात पारे ।