दमौली । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी वर्षको बजेटमा तनहुँका एउटा पनि नयॉ योजना परेका छैनन् । अघिल्लो सरकारले ल्याएका योजनालाई नै आगामी वर्ष पनि निरन्तरता दिइएको छ ।
बजेट भाषणमा तनहुँका कुनै पनि नयॉ योजना परेनन् । अर्थमन्त्री डा. टकराज गुरुङद्वारा प्रस्तुत बजेट भाषणमा दमौली अस्पताल स्तरोन्नति,भिमाद डेढगाउँ झ्यालबास सडक, बुद्धसिंह मार्ग निर्माणलाई प्राथमिकता दिने उल्लेख छ । जबकी यी योजना पुरानै हो ।