एपेन्डिक्सबाट थलिएकी १६ वर्षीया सलिनालाई आर्थिक सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    एपेन्डिक्सबाट थलिएकी १६ वर्षीया सलिनालाई आर्थिक सहयोग

    खबरपुञ्ज संवाददाता

    ४ असार २०८१, मंगलवार

    दमौली । एपेन्डिक्सबाट थलिएकी तनहुँको म्याग्दे गाउँपालिका १ बाख्रे निवासी १६ वर्षीय सलिना गुरुङलाई आर्थिक सहयोग प्रदान गरिएको छ।

    उदय माविमा कक्षा नौमा अध्ययनरत गुरुङलाई मङ्गलबार रु १२ हजार सहयोग गरिएको हो ।

    आर्थिक स्थिति एकदमै नाजुक भएका कारण घरमै थलेर बसेकी उनलाई व्यास-९ घर भई हाल साउदीमा रहेका दिल गुरुङको तर्फबाट दश हजार र गलबहादुर गुरुङको तर्फबाट दुई हजार प्रदान गरिएको छ ।

    उक्त रकम मंगलबार पीडितको घरमै पुगेर हस्तान्तरण गरिएको छ ।