क्षेत्रीय होटल संघ दमौलीको सभापतिमा बालकृष्ण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    क्षेत्रीय होटल संघ दमौलीको सभापतिमा बालकृष्ण

    खबरपुञ्ज संवाददाता

    ४ असार २०८१, मंगलवार

    दमाैली । क्षेत्रीय होटल संघ दमौलीको सभापतिमा बालकृष्ण आले चयन भएका छन् । संघको सोमबार सम्पन्न १६ औं साधारणसभा तथा आठौ अधिवेशनबाट आलेको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

    जसको उपाध्यक्षमा अनुप दाहाल र देवीकुमारी थापा, सचिवमा सन्तोष दाहाल, कोषाध्यक्षमा सीता पहारी, सहसचिवमा टीका थापा, सदस्यहरुमा विन्दु सेढाइ, छलिमाया दरै, सुन्तली दरै, विमला सेढाइ र नविन गुरुङ चयन भएका छन् ।

    कार्यक्रममा क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष जीवन शाही, वरिष्ठ उपाध्यक्ष विकास खनाल लगायतले होटल व्यवसायी एकजुट हुनुपर्ने बताए ।