दमौली । व्यास नगरपालिकाको पुन: मतगणना गर्ने आदेश विरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका वैकुण्ठ न्यौपानेको पेशी आज पनि हेर्न नभ्याइनेमा परेको छ ।
न्यौपानेको पेशी न्यायाधीशद्वय कुमार चुडाल र सुनिलकुमार पोख्रेलको इजलासमा परेकामा आइतबार पनि हेर्न नभ्याइनेमा परेको हो ।
यसअघि जेठ २७,२८,२९ असार २, ४ मा पनि उक्त पेशी हेर्न नभ्याइनेमा परेको थियो ।
अर्को पेशी असार १० गतेलाई तोकिएको छ ।