एसईईमा ४ जिपिए ल्याएकी रञ्जिला भन्छिन् : सरकारी विद्यालयमा राम्रो पढाई हुँदैन भन्नु गलत हो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एसईईमा ४ जिपिए ल्याएकी रञ्जिला भन्छिन् : सरकारी विद्यालयमा राम्रो पढाई हुँदैन भन्नु गलत हो

    खबरपुञ्ज संवाददाता

    १५ असार २०८१, शनिबार

    दमौली । यसवर्षको एसईईमा ४ जिपिए ल्याएर तनहुँ प्रथम भएकी भानुकी रञ्जिला क्षेत्रीले सरकारी विद्यालयमा राम्रो पढाई हुँदैन भन्नु गलत रहेको बताएकी छन् ।

    भानु नगरपालिका-२ स्थित होमराज लोहनी शारदा शिक्षा सदनले आयोजना गरेको सम्मान कार्यक्रममा उनले सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पनि राम्रो नतिजा ल्याउन सक्ने बताइन् । उनले भनिन्, ‘त्यसको ज्वलन्त उदाहरण एसईई नतिजा हो । सरकारी विद्यालयबाट राम्रो नतिजा हासिल गर्न सकिन्छ । त्यसका लागि मिहिनेत गर्नुपर्छ ।’

    एसईईमा उत्कृष्ट नतिजा ल्याउन प्रेरित गर्ने घरपरिवार, विद्यालय परिवारलाई उनले धन्यवाद दिइन् । उनले भनिन्, ‘मलाई पढाउनुहुने गुरुवर्गको मिहिनेतले मैले यो नतिजा हासिल गर्न सकेकी हुँ ।