लायन्स क्लव अफ तनहुँ भानुभक्तमा नयॉ नेतृत्व
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लायन्स क्लव अफ तनहुँ भानुभक्तमा नयॉ नेतृत्व

    खबरपुञ्ज संवाददाता

    १७ असार २०८१, सोमबार

    दमौली । लायन्स क्लव अफ तनहुँ भानुभक्तको अध्यक्षमा हर्षमान श्रेष्ठ चयन भएका छन् । क्लवको वर्ष २०२४/२५ का लागि श्रेष्ठको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको छ ।

    क्लवको प्रथम उपाध्यक्षमा बलभद्र श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देव रसाइली, तृतीय उपाध्यक्षमा महेन्द्र थापा, सचिवमा महेन्द्र गिरी? कोषाध्यक्षमा रन्जित शाह चयन भएका छन्।