वैदेशिक रोजगार छोडी कृषि व्यवसायमा कमल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वैदेशिक रोजगार छोडी कृषि व्यवसायमा कमल

    ऋषिकान्त दुवाडी

    १९ असार २०८१, बुधबार

    दमौली। साविक रिस्ती गाउँ विकास समिति हाल व्यास नगरपालिका वडा नम्बर ८ सोतीवेसीमा २०३६ सालमा बावु यज्ञ प्रसाद पौडेल,आमा पवित्रा पौडेलको कोखबाट जन्मिएका कमल पौडेल सानै देखी पौरखी थिए ।

    तनहूँ जिल्ला र लमजुङ जिल्लाको सीमानामा बगेको रिस्ती खोलासँगै खेल्दै उनको बाल्यकाल बित्यो । बढ्दो उमेरसँगै घर व्यवहार चलाउन आर्थिक कठिनाई पर्नथाल्यो । २०६१ सालमा २५ वर्षको उमेरमा वैदेशिक रोजगारका लागि कुवेद गएका कमलले धन सम्पत्ती कमाउनुका सट्टा विदेशीको दुव्र्यवहार खेप्न पर्यो ।

    पौडेलले भने “कुवेतमा सेक्रेटरी गार्डको काममा गएँको थिँए एक दिन कुवेतको नागरिकहरुले गुलेलीले ढुंगा प्रहार गर्दा कानमा लाग्यो । यस्ता घटना दिन प्रतिदिन दोहोरिदै आए पीडा सुनाइ गर्ने ठाउँ नै पाइँन ।” कमल भन्छन् त्यही घटनाले गर्दा आफ्नो मातृभूमी छोडी फेरि विदेश जान मन फिरेन ।

    २०६२ सालमा स्वदेश आई केही गर्छु भन्ने हुटहुटी बोकेर पौडेलले निर्भामुखी खेती पाती गर्दै घरको गुजरा टार्दै आएका थिए । खेतीपातीबाट उनलाई आर्थिक गुजराटार्न भविष्यमा अप्ठ्यारो पर्ने देखेपछि २०७२ साल वैशाखमा उनले व्यावसायिक रुपमा लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नम्बर २ सोतीपसलमा पौडेल कृषि फम संचालन गरे ।

    ३ लाख रुपैयाँबाट सुरु गरेको फमलाई स्तरउन्नती गरि हाल ६५ लाख रुपैयाँको सम्पत्ति जोडेको पौडेल बताउँछन् । गोठमा भएको १ भैँसीबाट फाम सुरु गरेका पौडेलले हाल ६ भैँसी, २ गाई पलन, तरकारीका विउ विरुवा संकलन, बाख्रा पालन गर्दै आएका छन् ।

    पौडेलले दैनिक ६० लिटर दुग्ध सोतीपसल बजारमा विक्री गर्दै आएका छन् । भैँसीको दुग्ध प्रतिलिटर १ सय २० रुपैयाँ र गाईको दुग्ध प्रतिलिटर १ सय रुपैँयामा विक्रि गर्दै आएका छन् । विहान ५ बजे देखी नै कमल पौडेल र उनकी श्रीमती संगिता पौडेलको दिनचर्या कृषि फार्ममा बित्दै आएको छ । कमलले यस वर्ष कृषि फाममा १० वटा भैसी पुर्याउने लक्ष्य राखेका छन् ।

    कृषि फार्मबाट उनले गत आर्थिक वर्षमा १० लाख रुपैँया आम्दानी गरेको बताए ।जस मध्य ६ लाख रुपैयाँ दुग्ध विक्रि, २ लाख रुपैयॉ तरकारी बीउ विरुवा विक्रि , ५० हजार रुपैँया बाख्रा विक्रिबाट र २७ वटा स्थानीय जातका भैँसी खरिद विक्रिबाट १ लाख ५० हजार आम्दानी गरेको पौडेलले बताए ।

    उनको फार्ममा वार्षिक १७ लाख रुपैयाँको कारोबार भएकोमा ७ लाख रुपैयाँ दाना पानीमा खर्च भएको छ । कृषि तथा पशुपालन व्यवसाय संचालन गरि ७ रोपनी जग्गा जोडन सफल भएका छन् ।

    व्यवसाय सफल पार्नमा श्रीमती संगिता पौडेलको ठूलो हात रहेको कमले बताए । फार्म संचालन पछि आर्थिक वर्ष २०७९/८० मा कृषि ज्ञान केन्द्र लमजुङ बाट रु २ लाख अनुदान पाएका कमलले बताए । उनले भने, “तनहुँ जिल्ला व्यास नगरपालिका ८ मा स्थायी बसोबास भएको म कृषि फार्म लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकामा भएकै कारणले व्यास नगरपालिकाबाट सहयोग नपाउँदा दुखलागेको छ । राज्यले अनुदान दिँदा राम्रा र मेहनती कृषकलाई उचित न्याय हुन्थ्यो ।”