जामुनेबाट लागुऔषध सहित दुई जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जामुनेबाट लागुऔषध सहित दुई जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८१, शनिबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१४ बस्ने २४ वर्षीय रोमन मगर र सर्लाही इश्वरपुर नगरपालिका–२ बस्ने २६ वर्षीय विशाल विसुन्खे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    बिहीबार साँझ ७ः५० बजेको समयमा दमौलीतर्फबाट पोखरा जाँदै गरेको बा ५९ प ८०२९ नमबरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मगरको साथबाट दुई सय १० थान ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै जनालाई शुक्रबार तनहुँ जिल्ला अदालतबाट म्याद थप गरेको छ ।