पहिराले अवरुद्ध पृथ्वीराजमार्ग चार घण्टापछि सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पहिराले अवरुद्ध पृथ्वीराजमार्ग चार घण्टापछि सुचारु

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८१, शुक्रबार

    दमौली । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिराले अवरुद्ध भएको पृथ्वीराजमार्ग चार घण्टापछि सुचारु भएको छ । बिहीबार रातिदेखि परेको भीषण वर्षाका कारण शुक्रबार बिहान ६ बजेदेखि अवरुद्ध भएको पहिरा १० बजेदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    तीन वटा जेसीभीको प्रयोग गरी पहिरा हटाएपछि राजमार्ग दुईतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।

    पहिराले राजमार्ग अवरुद्ध भएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । वर्षाका कारण पृथ्वीराजमार्ग अन्तर्गत तनहुँका विभिन्न खण्डमा पहिराका जोखिम कायम रहेकाले सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।