कमलाबारीमा ट्रक पल्टिएर अवरुद्ध पृथ्वीराजमार्ग सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कमलाबारीमा ट्रक पल्टिएर अवरुद्ध पृथ्वीराजमार्ग सुचारु

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८१, शुक्रबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज साँझ ६ः३० बजे ट्रक पल्टिएर अवरुद्ध पृथ्वीराजमार्ग सुचारु भएको छ । पल्टिएको ट्रक हटाएर राति ९ः३० बजे उक्त खण्ड सुचारु भएको छ ।

    रडबाट बोकेर डुम्रेदेखि दमौलीतर्फ आउँदै गरेको ट्रक सडकको बीच भागमै पल्टिँदा कमलाबारी–डुम्रे खण्ड दुईतर्फी अवरुद्ध भएको थियो ।