नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ ग्रहण आइतबार हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ ग्रहण आइतबार हुने

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८१, शुक्रबार

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । आइतबार ५ बजेसम्मको समय दिइएकाले नियुक्ति पनि सोही दिन गर्ने समझदारी भएको स्रोतले जनाएको छ ।

    संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाइसकेका छन् । शीतल निवास स्रोतका अनुसार आइतबार ओलीको नियुक्ति हुनेछ र सोही साँझ सपथग्रहण समेत हुनेछ ।

    ३ वर्षअघि असार २८ गते सर्वाेच्च अदालतको परमादेशबाट सत्ताच्युत भएका अ‍ोली असार २८ गतेकै दिन प्रधानमन्त्री बन्नेगरी शेरवहादुर देउवाकै समर्थनमा राष्ट्रपति समक्ष दावी प्रस्तुत गर्न गएका थिए ।

    नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त हुन लागेका ओलीलाई अन्य सातवटा दलले समेत समर्थन जनाइसकेका छन् । ओलीले दोस्रोपटक दुई तिहाई बहुमतप्राप्त सरकारको नेतृत्व गर्ने मौका पाउँदैछन् ।