वीर अस्पतालको ‘डाक्टर’ बनेर १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वीर अस्पतालको ‘डाक्टर’ बनेर १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०८१, सोमबार

    तनहुँ । तनहुँमा एक युवकले आफू डाक्टर भएको बताउँदै अनुचित प्रभावमा पारेर १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको घटना बाहिरिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार देवघाट गाउँपालिका–५ की बालिकामाथि जबरजस्ती करणी भएको हो । प्रहरीले यस घटनामा सोही गाउँपालिकाको वडा नम्बर २ बस्ने २२ वर्षीय ईश्वर थापा मगरलाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार थापाले आफूलाई वीर अस्पतालमा कार्यरत डाक्टर सागर मगर भनेर चिनाएका थिए । सामाजिक सञ्जालमा समेत उनले डा. सागर मगर (एमबीबीएस यूडीटीसी बंगलादेश) भनेर राखेका थिए ।

    उनले गत जेठ ५ गते नाबालिकामाथि जबरजस्ती करणी गरेकोमा असार ३० गते पक्राउ गरिएको हो । उनलाई जबरजस्ती करणी सम्बन्धी मुद्दामा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।