छाब्दीवाराही मन्दिरमा साउन महिनाभर पूजा बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छाब्दीवाराही मन्दिरमा साउन महिनाभर पूजा बन्द

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०८१, सोमबार

    दमाैली । तनहुँकै प्रसिद्ध छाब्दी वाराही मन्दिरमा साउन महिनाभर पूजाआजा बन्द हुने भएको छ । व्यास नगरपालिका–१४ मा अवस्थित मन्दिर साउन महिनाभर बन्द हुन लागेको हो ।

    मत्स्य अवतार देवीको रुपमा पुजिने मन्दिरमा मत्स्य अवतार वाराही देवी साउन महिनाभर गुफा बस्ने भएकाले मन्दिरमा एक महिना पूजाआजा बन्द गरिने छाब्दी वाराही मन्दिर विकास कोषका अध्यक्ष प्रेम थापाले जानकारी दिए। त्यस्तै मन्दिरमा हरेक एकादशी र औशीमा समेत पूजाआजा बन्द हुनेछ ।