तनहुँका एसपीको पॉच महिनामै सरुवा, शाही आउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका एसपीको पॉच महिनामै सरुवा, शाही आउने

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८१, शनिबार

    दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अपिलराज बोहराको पॉच महिनामै सरुवा भएको छ । उनको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत सरुवा भएको हो ।

    प्रहरी प्रधान कार्यालयले पॉच एसपीको काज सरुवा भएको छ । उनी गत फागुन १ गते तनहुँ आएका थिए ।

    तनहुँमा प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाही आउने भएका छन् ।शाही प्रहरी प्रधान कार्यालयको कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत थिए ।