म्याग्दे गाउँपालिकाका उत्कृष्ट कृषक श्रेष्ठ सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे गाउँपालिकाका उत्कृष्ट कृषक श्रेष्ठ सम्मानित

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०८१, सोमबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले उत्कृष्ट कृषकको रुपमा श्याम श्रेष्ठलाई सम्मान गरेको छ । म्याग्दे गाउँपालिका–६ स्थित विष्णु कृषि तथा पशु फर्मका सञ्चालक श्रेष्ठलाई गाउँपालिकाले व्यावसायिक पशु फर्म सञ्चालन गरी दुग्ध उत्पादनतर्फ प्रथम भएकामा सम्मान गरेको हो ।

    विदेशबाट फर्किएका श्रेष्ठले बाख्रापालन, गाईपालन, लोकल कुखुरापालन गरिरहेका छन् । उनले गत आर्थिक वर्षमा २४ हजार छ सय दुई लिटर दूध उत्पादन गरेका थिए । उनलाई गाउँपालिकाले त्यसबापत रु दुई लाख ४६ हजार २२ अनुदान दिएको थियो । उनलाई भाई सन्तोष श्रेष्ठले सहयोग गर्दै आएका छन् ।

    गाउँपालिकाले सोमबार आयोजना गरेको कार्यक्रममा उनलाई अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरेले सम्मान गरेका थिए ।