नेपाल ईन्जिनिर्यस एशोसियनको ३४औं केन्द्रीय कार्यकारिणी समिती तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचन २०८१ नजिकिदैं गर्दा म ईन्जिनियर प्रदिप न्यौपाने (प्रथम गण्डकी प्रदेश समितिको निर्वाचित) सदस्यले नेपाल ईन्जिनियर्स एशोसियनलाई निम्न बुँदाहरुमा छलफल गरि सम्पुर्ण एसोसिएसनमा आबद्ध हुन सहयोग गर्न Nepal Engineers’ Association लाई निम्न सुझाव पेश गर्दछु ।
१. निर्वाचन प्रक्रियालाई परिवर्तन गरी लाखौं खर्च बाट जोगाउँदै सबैं संगठनको सदस्य संख्यालाई मध्यनजर गर्दै सबैको प्रतिनिधित्व हुने गरी हालको संख्यालाई कायम गरी बिना चुनाव ईन्जिनियरको हकहितमा बोल्न सक्ने कमिटि गठन गरौं । कमिटी बलियो भय पछी मात्र सङ्ग्रठको प्रतिस्पर्धामा चुनाव गरुँ ।
२. निर्वाचन मार्फत कुनै संगठनको मात्र प्रतिनिधीत्व हुँदा ईन्जिनिर दिवस मनाउँदा खासै ईन्जिनियरको सहभागी नहुँदा वास्तवमै खल्लो महसुस भएको हामी सवैलाई थाहा छ ।तसर्थ यो संगठनलाइ बलियो बनाउनेतर्फ ध्यान दिउँ जसका लागि निर्वाचन प्रणाली परिवर्तन गरु।
३. ईन्जिनियरको सङ्गगठन चुनावका २-४ दिन बाहेक अरु बेला तेति Active नभएको चरम गुनासो । तसर्थ यो हाम्रो हितमा बोल्नी संगठन हो भन्नि महसुस आम ईन्जिनियरमा पुराओ ।
४. कुनै एक संगठनको प्रतिनिधिले ईन्जिनियरको हकहितको कुनै पनि काम गर्न नसक्ने तर सवै संगठनको प्रतिनिधि हुँदा एक थुकी सुकी तर सयौं थुकी खोला भन्ने उखानलाई मान्दा कयौं माग र ईन्जिनियको हकहितको काम पूरा गर्न सक्ने कुरालाई अवगत गराउदैं ईन्जिनियरको हक हितमा नेपाल ईन्जिनियर्स एशिसियसन लागोस् भन्नि आम ईन्जिनियरको मनसाय तेस्तो रहेको भन्ने सुझाव म तल्लो स्तर बाट सामाजिक सञ्जाल मार्फत व्यक्त गर्दछु ।
५. तसर्थ नेपाल ईन्जिनियर एसोसिएसनले नेतृत्व लियेर सबै ईन्जिनियरलाई समेटन सक्ने कमिटी गठन गरु ता कि राजनिती भन्दा नि बातबिक ईन्जिनियरको हकहितमा बोल्ने र काम गर्ने संगठन निर्माण गरु।
६. हामी येस्लाइ platform बनायेर आफ्नो पार्टीमा साम्सद, नियुक्त लिने/ बर्गेनिग गर्ने थलो नबनाउ तेस्भन्दा अगाडि यो हाम्रो घर हो घरको राम्रो संरक्षण गरु। गम्भीर भयेर सोचौं घर नै नभए कहा गयेर राजनीति गर्नुहुन्छ तसर्थ यो केही गर्नी बेला हो ।जय ईन्जिनियर जय ईन्जिनियर एसोसिएसन सत्य आवाज बुलन्द गह्रौ ।
लेखक नेपाल ईन्जिनियर एसोसिएसन, गण्डकीका प्रथम कार्यकारिणी सदस्य हुन्