दमौली । तनहुँ जिल्ला अदालतका पूर्व श्रेस्तेदार मीनबहादुर कुंवर जिल्ला न्यायाधीशमा सिफारिस भएका छन् ।
शुक्रबार बसेको न्याय परिषद्को बैठकले कुंवरलाई न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो । उनी हाल सर्वोच्च अदालतमा इजलास अधिकृतको रुपमा कार्यरत छन् । त्यसअगाडी कुंवर तनहुँ अदालतमा थिए ।