‘खुस्मा’ हेर्न दमाैलीकाे क्युएफएक्समा दर्शककाे भीड, ओपनिङ अकुपेन्सी सुखद्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘खुस्मा’ हेर्न दमाैलीकाे क्युएफएक्समा दर्शककाे भीड, ओपनिङ अकुपेन्सी सुखद्

    खबरपुञ्ज संवाददाता

    २ आश्विन २०८१, बिहीबार

    दमाैली । संविधान दिवसको सार्वजनिक बिदाको अवसरमा प्रदर्शनमा आएकाे नेपाली चलचित्र खुस्मा हेर्न दमाैलीस्थित क्युएफएक्समा दर्शककाे भीड लागेकाे छ । धीरज मगर र उपासना सिंह ठकुरी अभिनित फिल्मले दशक लामो सशस्त्र द्वन्द्वको कालखण्डको प्रेमकथा भन्छ ।

    एपेक्स मलमा रहेकाे क्युएफएक्समा पहिलाे दिनकाे अकुपेन्सी सुखद रहेकाे छ । क्युएफएक्सका प्रबन्धक उज्ज्वल भट्टराईले पहिलाे शाे हाउसफुल र अन्य शाेमा ९७ प्रतिशत अकुपेन्सी रहेकाे जानकारी दिए ।

    फिल्मका तीन मुख्य पात्र खुस्मा, जेमी र मनेको त्रिकोणात्मक प्रेमकथा यसमा छ । द्वन्द्वमा बेपत्ता पारिएका परिवारको कथावस्तु पनि यसमा छ । १४६ मिनेट लामो फिल्मले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ ।

    फिल्मको गीत ‘रुकुम मैकोट’ले युट्युबमा एक करोड भ्युज प्राप्त गरेको छ । चलिचित्र रिलिजपूर्व नै गीत निकै चर्चित बनेकाे थियाे ।