एसइइ पुरक परीक्षामा ऑबुखैरेनीको नतिजा सुधार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    एसइइ पुरक परीक्षामा ऑबुखैरेनीको नतिजा सुधार

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०८१, बुधबार

    दमौली ।माध्यमिक शिक्षा परीक्षा (एसइइ) को पुरक परीक्षामा ऑबुखैरेनीले सुधार गरेको छ। सार्वजनिक नतिजा अनुसार रामशाह माविले ८४.२१ प्रतिशत नतिजा हासिल गरेको छ ।

    त्यस्तै मित्रता माविले ६९.४४, लक्ष्मी माविले ४०.९, कन्यादेवी माविले २१.०५ र छिम्केश्वरी माविले १४.२८ प्रतिशत नतिजा हासिल गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुवंरले जानकारी दिइन् ।

    ऑबुखैरेनीले पुरक परीक्षाका लागि मित्रता मावि र रामशाह माविमा आवासीय व्यवस्थापन सहितको तयारी कक्षा सञ्चालन गरेपछि नतिजामा सुधार आएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    नियमित परीक्षामा कन्यादेवी र छिम्केश्वरी माविको नतिजा निल थियो । पुरक परीक्षामा ती दुई विद्यालयले नतिजामा सुधार गरेका छन् ।