मन्त्री डा राणा र राष्ट्रसङ्घीय उपमहासचिव भेटवार्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मन्त्री डा राणा र राष्ट्रसङ्घीय उपमहासचिव भेटवार्ता

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८१, शुक्रबार

    काठमाडौ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा ‘युएन वुमन’की कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ ।

    संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा हाल न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा राणा र उपमहासचिव सीमाबीच बिहीबार भेटवार्ता भएको हो ।

    सो भेटका क्रममा मन्त्री डा राणाले महिला सशक्तीकरणका क्षेत्रमा युएन वुमनले विश्वमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेकी थिइन्

    साथै मन्त्री डा राणाले नेपाल पनि लैङ्गिक समानताका क्षेत्रमा युएन वुमनसँग मिलेर गर्दै आएको कार्यको स्मरण गर्दै आगामी दिनमा थप प्रवर्धन गर्न सदैव तत्पर रहेको बताइन्।

    त्यस अवसरमा मन्त्री डा राणाले नेपालले महिला सशक्तीकरण, लैङ्गिक समानता, शिक्षा, रोजगारी, उद्यमशीलता तथा अन्य आवश्यकताका क्षेत्रमा महिलाहरुलाई समान अधिकार प्रदान गरिरहेको जानकारी कार्यकारी निर्देशक बहुसलाई गराइन् ।

    सो भेटका क्रममा लैङ्गिक समानता र महिला अधिकारका लागि नेपालमा भएको लामो सङ्घर्ष तथा आफ्नो सक्रिय सहभागिताका बारेमा पनि मन्त्री डा राणाले उनलाई जानकारी गराएकी थिइन् ।

    आगामी दिनमा पनि लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा युएन वुमनले नेपाललाई सहयोगका साथै यस विषयमा नेतृत्व प्रदान गर्ने अपेक्षा गरिएको सो भेटमा मन्त्री डा राणाले बताइन् ।