माल्दिभ्सविरुद्ध नेपाल ११-० गोलले विजयी, प्रीति र रेखाको ह्याट्रिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    माल्दिभ्सविरुद्ध नेपाल ११-० गोलले विजयी, प्रीति र रेखाको ह्याट्रिक

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०८१, सोमबार

    काठमाडौं। साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले माल्दिभ्समािथ गोलको वर्षा गरेको छ । दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सलाई ११-० गोलले हरायो ।

    नेपालको फराकिलो जीतमा रेखा पौडेल र प्रीति राईले ह्याट्रिक गरे । रेखाले ५ र प्रीतिले ३ गोल गरे । सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक-एक गोल गरिन् ।

    यस साफ वुमन्स च्याम्पियनसिपमा पहिलो जतिपछि दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह बी मा शीर्ष स्थानमा उक्लेको छ ।

    दुई खेलबाट समान ४ अंक भएपनि भुटान गोल अन्तरमा पछि छ । श्रीलंकाको ३ अंक छ । लगातार दुई खेल हारेपछि माल्दिभ्सको सेमिफाईनल पुग्ने सम्भावना सकिएको छ ।