तनहुँमा डेङ्गु सङ्क्रमित चार हजार छ सय पुगे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा डेङ्गु सङ्क्रमित चार हजार छ सय पुगे

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०८१, बुधबार

    दमाैली । तनहुँमा डेङ्गु सङ्क्रमित चार हजार छ सय एक जना पुगेका छन् । जिल्लाका दशवटै स्थानीय तहमा गरी चार हजार छ सय एक जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

    स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसार जिल्ला सदरमुकाम व्यास नगरपालिका डेङ्गुको हटस्पट बनेको छ । व्यास नगरपालिकामा मात्रै एक हजार सात सय चार जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

    अधिकारीका अनुसार शुक्लागण्डकी नगरपालिकामा आठ सय, भिमाद नगरपालिकामा ६४, भानु नगरपालिकामा ४४, म्याग्दे गाउँपालिकामा ४५, बन्दीपुर गाउँपालिकामा एक सय ८५, आँबुखैरेनी गाउँपालिकामा एक हजार छ सय ४६, ऋषिङ गाउँपालिकामा चार, घिरिङ गाउँपालिकामा छ, देवघाट गाउँपालिकामा ७४ र बाहिरी जिल्लाका २९ जनामा डेङ्गु सङ्क्रमण भएको छ ।