रवि लामिछानेलाई प्रतिशोध सॉधिएको पुष्टि भएको छ : डा: वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    रवि लामिछानेलाई प्रतिशोध सॉधिएको पुष्टि भएको छ : डा: वाग्ले

    खबरपुञ्ज संवाददाता

    ७ कार्तिक २०८१, बिहीबार

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध नै साँधिएको बुधवार साँझबाट पुष्टि भएको बताएको छ । पोखरामा पत्रकार सम्मेलन गर्दै उपसभापति डा. स्वर्णिम वाग्लेले अहिलेसम्म हाम्रो दाबी भए पनि शुक्रवार साँझको घटनाले त्यसको पुष्टि गरेको बताए ।

    हिरासतमा राखेको १२५ घण्टामा ४, ५ घण्टा मात्रै बयान लिने र आलटाल गर्ने कुराले यसलाई पुष्टि गरेको उनको भनाई छ ।

    उनले भने, ‘राजनीतिक प्रतिसोध नै साँधिएको थियो भन्ने दाबी थियो हिजो साँझबाट त्यसको पुष्टि भएको छ । शुक्रवार दिउँसो पक्राउ गरियो । हिजो साँझ १०-११ बजेसम्मको हिसाब गर्दा १२५ घण्टा हिरासतमा राखिएको रहेछ । त्यो समयमा ४-५ घण्टा मात्रै बयान लिइएको छ । आलटाल गर्ने । के उहाँलाई दालभात खुवाउन ल्याएको हो ?