दमौली । तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बिहीबार जिल्ला प्रहरी कार्यालय तनहुँको निरीक्षण गरेका छन् ।
त्यसक्रममा प्रजिअ थापाले प्रहरी कार्यालयको हिरासत कक्ष, व्यारेक तथा कार्यालयको बारेमा जानकारी लिएका छन् ।
निरीक्षण पश्चात् प्रजिअ थापाले कानूनको परिधिभित्र भएर निष्ठापूर्वक सेवा गर्न निर्देशन दिए ।
निरीक्षणका क्रममा प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीले प्रहरी कार्यालयको ब्रिफिङ गरेका थिए ।