व्यासको दीर्घकालिन सरसफाई व्यवस्थापन बारे बैंककमा प्रस्तुतीकरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासको दीर्घकालिन सरसफाई व्यवस्थापन बारे बैंककमा प्रस्तुतीकरण

    खबरपुञ्ज संवाददाता

    १३ मंसिर २०८१, शुक्रबार

    दमौली। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सरसफाई व्यवस्थापनको विषयमा नगरपालिकाले गरेका काम र सामना गरिएका चुनौतीहरूबारे प्रस्तुतिकरण गरेका छन् । थाइल्याण्डको बैंककमा हालै सम्पन्न एशिया प्यासिफिक मेयर्स एकेडेमीको समापन समारोहमा न्यौपानेले सरसफाई व्यवस्थापन सम्बन्धि प्रस्तुतीकरण गरेका हुन् ।

    व्यास नगरपालिकाले फोहोर व्यवस्थापनका क्षेत्रमा अपनाएका नवीनतम उपाय र सफलताका कहिल्यै नटुंगिने चुनौतीहरूको चर्चा न्यौपानेले गरेका थिए। उनले नगरपालिकाले समुदायको सक्रिय सहभागिता र नवीन प्रविधिको प्रयोगमार्फत फोहोरलाई उपयोगी साधनमा रूपान्तरण गर्दै आएको उल्लेख गरे ।

    न्यौपानेका अनुसार फोहोर वर्गीकरणतर्फ स्रोतमै जैविक र अजैविक फोहोरको वर्गीकरण गरी पुनः प्रयोग र पुनः प्रशोधनमा जोड दिइएको छ ।

    कम्पोस्ट उत्पादनतर्फ जैविक फोहोरलाई मलमा रूपान्तरण गरी कृषिमा उपयोग गर्दै आर्थिक मूल्य सिर्जना गरिएको बताउँदै न्यौपानेले प्लास्टिक पुनः प्रयोगतर्फ प्लास्टिकजन्य फोहोरलाई पुनः प्रयोग गर्ने कार्यक्रमहरू सञ्चालन गरिएको बताए ।

    उनले स्थानीय स्रोत, जनशक्ति र प्रविधिको सीमितताका बाबजुद नगरपालिकाले दीर्घकालीन र प्रभावकारी योजनाहरू अघि सार्दै आएको बताए ।