दुई पालिका जोड्न रु दश करोडमा पक्की पुल निर्माण सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुई पालिका जोड्न रु दश करोडमा पक्की पुल निर्माण सुरु

    खबरपुञ्ज संवाददाता

    २५ मंसिर २०८१, बुधबार

    दमौली । तनहुँका दुई स्थानीय तह जोड्न पक्की पुल निर्माण सुरु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ तल्लो डुम्रेस्थित चुँदीखोलामाथि पक्की पुल निर्माण सुरु भएको हो ।

    गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् यहाँ पुल निर्माण हुन लागेको छ । डुम्रे वेसीशहर सडकखण्ड अन्तर्गत बन्दीपुर गाउँपालिका–१ र भानु नगरपालिका–१ भन्सारस्थित चुँदीखोलामाथि रहेको पुलको वैकल्पिक मार्गका रुपमा यहाँ पुल निर्माण सुरु भएको हो । भन्सारस्थित उक्त पुल साँघुरो रहेका कारण यहाँ फराकिलो पुल निर्माणको काम थालिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

    रु दश करोड दश लाख ९१ हजार एक सय ६६ को लागतमा पुल निर्माणका लागि सम्झौता भएको कार्यालयले जनाएको छ । पुल निर्माणका लागि एमएस आइएसस निर्माण सेवा सुर्खेतसँग विसं २०८१ असार १० गते सम्झौता भएको थियो ।

    पुल निर्माणको काम विसं २०८३ असार ९ गते सम्पन्न गर्ने म्याद रहेको छ । पुल ४० मिटर लम्बाइको हुनेछ । हाल पुलको फाउण्डेशनको काम भइरहेको छ ।

    पुल निर्माणका लागि चालु आर्थिक वर्षमा रु दुई करोड ३६ लाख ८२ हजार बजेट विनियोजन भएको छ । पुल निर्माण पश्चात् आँबुखैरेनीतर्फ आउने सवारी साधन डुम्रे बजार नपुगी यहीँबाट भन्सार हुँदै वेशीसहर जान सक्नेछन् ।