काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो हार बेहोरेको छ ।
लगातार ४ खेलमा जित निकालेको जनकपुर पाचौं खेलमा सुदुरपश्चिम रोयल्ससँग ७२ रनले पराजित हुन पुग्यो ।
सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभर एक बलमा ५१ रनमा समेटिएको हो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह र इशान पाण्डेले दुईदुई, सैफ अली जैव, स्कट कुगेलेइन र नरेन साउदले एकएक विकेट लिए । सुदूरपश्चिमका कुनै पनि बलर विकेटविहीन भएनन् ।