रवि लामिछानेलाई थप पॉच दिन हिरासतमा राख्न अनुमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    रवि लामिछानेलाई थप पॉच दिन हिरासतमा राख्न अनुमति

    खबरपुञ्ज संवाददाता

    २६ मंसिर २०८१, बिहीबार

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

    कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहीबार लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

    लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा कास्की हिरासतमा छन्।

    उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।