रोटर्‍याक्ट दमौलीद्वारा तामुङका विद्यार्थीलाई न्यानो कपडा र झोला वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रोटर्‍याक्ट दमौलीद्वारा तामुङका विद्यार्थीलाई न्यानो कपडा र झोला वितरण

    खबरपुञ्ज संवाददाता

    २८ मंसिर २०८१, शनिबार

    दमौली । तनहुँको बन्दिपुर गाँउपालिका-३ स्थित तामुङ आधारभूत विद्यालयमा रोटर्‍याक्ट क्लब अफ दमौलीले विद्यार्थीलाई न्यानो कपडा, झोला र शैक्षिक सामग्री वितरण गरेको छ । 
    १४ जना विद्यार्थीलाई न्यानो कपडा र झोला वितरण गरिएको क्लबका अध्यक्ष रवि अधिकारीले जानकारी दिए ।

    गरिब, विपन्न, जेहेन्दार तथा आर्थिक अवस्था न्यून भएका विद्यार्थीहरूको पहिचान गरी न्यानो कपडा टोपी, झोला, स्वीटर र शैक्षिक सामग्री वितरण गरेको क्लबले जनाएको छ । विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा विद्यालयका प्रधानाध्यापक ठाकुर प्रसाद पोख्रेलले धन्यवाद व्यक्त गरे । 

     पछिल्लो समय ग्रामीण क्षेत्रमा विद्यार्थीको सङ्ख्या घट्दै गएको बताउँदै बन्दिपुर-३ का वडासदस्य हर्क बहादुर थापाले न्यानो कपडा हस्तान्तरण कार्यक्रमले विद्यार्थी रोक्न र शैक्षिक गतिविधि बढाउन थप टेवा पुग्ने बताए । कार्यक्रमका प्रमुख अतिथि विद्यालयव्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर थापाले क्लबको सहयोग प्रति धन्यवाद व्यक्त गरे । क्लबले जिल्लाका विभिन्न स्थानमा प्रत्येक वर्ष विपन्न र गरिब विद्यार्थीहरूको लागि न्यानो कपडा, खानेपानी, सरसफाइ, स्वास्थ्य लगायत क्षेत्रमा काम गर्दै आएको छ । 

     उक्त कार्यक्रमको सौजन्य दमौलीको नेश्नल इलेक्ट्रोनिक्स र विद्यार्थी पुस्तक पसलले गरेको थियो । कार्यक्रममा गण्डकी वाङ्मय प्रतिष्ठानका निवर्तमान अध्यक्ष अर्जुन अधिकारी (सागर उदास), विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर थापा लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम स्व. पार्वती अधिकारीको सम्झनामा सो कार्यक्रम गरेको संयोजक सुशासन अधिकारीले जानकारी दिए ।