सरकारी कागज छाप किर्ते र सवारी ज्यान मुद्धामा फरार प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सरकारी कागज छाप किर्ते र सवारी ज्यान मुद्धामा फरार प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    ४ पुष २०८१, शुक्रबार

    दमाैली । तनहुँ जिल्ला अदालतबाट फैसला पश्चात् फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले आज पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–४ बस्ने राजनकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए।

    सवारी ज्यान मुद्धा र सरकारी कागज छाप किर्ते मुद्धामा सजाय तोकिएका उनलाई आज सम्बन्धित घरवतनबाटै पक्राउ गरिएको थापाले बताए ।

    निज विरुद्ध तनहुँ अदालतले विसं २०७७ फागुन २६ गते सवारी ज्यान मुद्धामा एक महिना २३ दिन कैद, जरिवाना रु चार लाख ३५ हजार दुई सय र सरकारी कागज छाप किर्ते मुद्धामा ११ महिना २३ दिन कैद र रु २० हजार चार सय जरिवाना तोकेको थियो । निजलाई कैद र जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।