दुलेगौडा–लिलाचोकखण्ड स्तरोन्नतिका लागि केही दिन बन्द रहने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुलेगौडा–लिलाचोकखण्ड स्तरोन्नतिका लागि केही दिन बन्द रहने

    खबरपुञ्ज संवाददाता

    ४ पुष २०८१, शुक्रबार

    दमाैली । जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा लिलाचोक सडकखण्ड स्तरोन्नतिका लागि बन्द गरिने भएको छ । नगरको वडा नं ४, ८, ९ र १२ जोड्ने उक्त खण्डअन्तर्गत दुलेगौडा खैरेनीटार हेल्थपोष्ट चोकदेखि पुलचोक नयाँपुलसम्म निर्माण भइरहेकाले शनिबारदेखि अर्को सूचना नभएसम्मका लागि उक्त सडक बन्द हुने नगरपालिकाले जनाएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले सडक निर्माणका क्रममा हुनसक्ने जोखिम र गुणस्तरीयतालाई मध्यनजर गरी यस्तो निर्णय गरिएको जानकारी दिए। त्यस अवधिसम्म ढोरवाराही मोटरमार्ग (गाछेपानी पुरानो पुल तिब्बतियन क्याम्प) को सडक प्रयोग गर्न सकिने उनले बताए ।

    विश्व बैङ्कको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत उक्त मोटरमार्गको सात दशमलव एक किलोमिटर सडकमा कालोपत्रका लागि गत चैत २५ गते बानियाँ निर्माण सेवा हेटाँैडासँग सम्झौता भएको थियो ।