रवि लामिछाने विरुद्ध आज अदालतमा मुद्धा दर्ता गरिदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    रवि लामिछाने विरुद्ध आज अदालतमा मुद्धा दर्ता गरिदै

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०८१, आईतवार

    पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृमन्त्री रवि लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता हुँदैछ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले  लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्न  लागेको हो।

    यसअघि पुस १ गते कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदन अध्ययन गरी सरकारी वकिलको कार्यालयले आज अदालतमा लामिछानेविरुद्ध अभियोग दायर गर्न लागेको हो।

    सहकारीको रकम अपचलनको अभियोगमा उनीसँगै गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआई छविलाल जोशी,लीला पछाई,रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरुद्ध अभियोग दायर हुने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।