दमौली । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स दमौली शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । भानु नगरपालिका- ९ निवासी बीमित सारु कामीको कालगतिले मृत्यु भएपश्चात् कम्पनीले शनिबार घरमै पुगेर मृतकका श्रीमान् सुकबहादुर कामीलाई बीमा दावी भुक्तानी गरिएको हो ।
शाखा प्रबन्धक जगदीश काफ्ले र समाजसेवी हरिकृष्ण श्रेष्ठले बीमितका श्रीमान्लाई दाबी भुक्तानी हस्तान्तरण गरेका थिए । बीमितले रु दुई लाखको बीमा गरेकामा दुई किस्ता बुझाएको शाखा प्रबन्धक काफ्लेले जानकारी दिए ।
त्यसक्रममा शाखा प्रबन्धक काफ्लेले जीवन बीमाको महत्व र आवश्यकता बारेमा प्रकाश पारेका थिए ।