दमौली । तनहुँ जिल्ला अदालतबार इकाईद्वारा नेपाल बार एसोसिएसनको ६९ औं स्थापना दिवस मनाइएको छ ।विसं २०१३ पुस ७ गते स्थापना भएको नेपाल बार एसोसिएसनको स्थापना दिवसको अवसर पारेर बार बेन्च र बारबीच चियापान तथा शुभकामना आदानप्रदान गरिएको छ ।
कार्यक्रममा तनहुँ जिल्ला अदालतका प्रमुख न्यायाधीश कमलराज विष्ट, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले शुभकामना व्यक्त गरेका थिए । तनहुँ बार इकाईका अध्यक्ष अधिवक्ता डम्बरदेव हडखलेको अध्यक्षतामा भएको थियो भने सचिव हरिमान श्रेष्ठले सञ्चालन गरेका थिए ।