खेलकुद एकताको माध्यम हो, यसलाई द्वन्द्वको कारण बन्न दिन हुन्न : सांसद श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    खेलकुद एकताको माध्यम हो, यसलाई द्वन्द्वको कारण बन्न दिन हुन्न : सांसद श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०८१, आईतवार

    काठमाडौ । सांसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले खेलकुद एकताको माध्यम भएकाले यसलाई द्वन्द्वको कारण बन्न दिन नहुने बताएका छन् ।

    नेपाल प्रिमियर लिगको क्रममा जनकपुर बोल्ट्सका समर्थकहरूमाथि केही अराजक समूहद्वारा गरिएको भौतिक आक्रमण, जातीय विभेद, र रंगभेदी गालीगलौजप्रति खेद व्यक्त गर्दै श्रेष्ठले खेलकुदलाई एकताको माध्यम बनाउनुपर्ने बताए ।

    उनले भने, ‘यस्तो प्रकारका गतिविधिहरूले खेलकुदको मर्मलाई मात्रै होइन, हाम्रो समाजको एकता र सद्भावलाई पनि गम्भीर आघात पुर्‍याएको छ ।’

    हाम्रो देशको जातीय र क्षेत्रीय विविधता हाम्रो शक्ति भएको बताउँदै उनले यो विविधतामाथि प्रहार गर्ने, समाजलाई विभाजन गर्ने, र आफ्नो स्वार्थ सिद्ध गर्ने असामाजिक तत्वहरूलाई सरकारले तत्काल छानबिन गरी कानुनी कारबाही गर्न माग गरे ।

    श्रेष्ठले भने, ‘म सरकार, खेलकुद निकायहरू, र सुरक्षाकर्मीलाई तत्काल प्रभावकारी कदम चाल्न अनुरोध गर्दछु। जनकपुर बोल्ट्सका समर्थकहरूको न्यायका लागि म सधैं उनीहरूको साथमा छु।’