दमाैली । रास्वपा सभापति रवि लामिछानेलाई रु ६५ लाख धरौटीमा रिहा गर्न कास्की अदालतले आदेश दिएपछि तनहुँ दमौलीमा रास्वपा कार्यकर्ताले नाराजुलुस गरेका छन् । दमौलीस्थित अनसनचौतारीमा बिहीबार साँझ आयोजित नाराजुलुसमा कार्यकर्ताले यो जित कसको जनताको, नडराउ रवि दाइ जनता तिम्रो साथमा छन् जस्ता नारा लगाएका थिए ।
कार्यक्रममा रास्वपा तनहुँ सभापति विश्व बास्तोलाले अदालतको आदेशपछि लामो समयदेखिको शङ्का निवारण भएको बताए । ८४ दिनदेखिको अन्यौलता अदालतले अन्त्य गरिदिएको बास्तोलाको भनाइ थियो ।
उनले भने, “सरकारले सभापति रवि लामिछानेलाई प्रतिशोधपूर्ण तरिकाले अस्वभाविक तरिकाले आरोप माथि आरोप लगाउने काम ग¥यो । त्यो प्रतिशोध थियो भन्ने हाम्रो भनाइलाई कास्की अदालतको आदेशले सही थियो भन्ने पुष्टि गरेको छ ।”