दमौली । व्यास नगरपालिकाले जिल्लास्थित पत्रकारको स्वास्थ्य बीमाका लागि सहयोग गर्ने भएको छ । शुक्रबार सम्पन्न ४२ औ नगरसभाले क्रियाशील पत्रकारका लागि यस वर्ष स्वास्थ्य बीमाका लागि सहयोग गर्ने निर्णय गरेको हो ।
नेपाल पत्रकार महासंघ तनहुँको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पत्रकारको स्वास्थ्य बीमा गराउने निर्णय गरेको थियो । सोही बमोजिम महासंघले स्रोत व्यवस्थापनका लागि नगरपालिकालाई आग्रह गरेको थियो ।
महासंघका अध्यक्ष डिपी अधिकारीले नगरपालिकाको निर्णयप्रति धन्यवाद ज्ञापन गरेका छन् ।