काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा पठाइएको छ।
जिल्ला अदालत काठमाडौंमा आइतबार बयान भए पनि थुनछेक बहस नभएकोले लामिछानेलाई हिरासतमा पठाइएको हो।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन्।
लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिने प्रहरीले जनाएको छ।
प्रहरीले नै सोमबार लामिछानेलाई अदालतमा उपस्थित गराउनेछ। लामिछाने आइतबार आफै अदालत हाजिर भएका थिए।
आइतबार बयान सके पनि सरकारी वकिलले समय माग गरेपछि थुनछेक बहस भएन।
लामिछानेले आफू अदालत हाजिर भएकोले परिवारको जिम्मा लगाउन आग्रह गरेका थिए। उनका वकिलहरूले पनि वकिल वा परिवारको जिम्मामा छाड्न भनेका थिए।