भूमि आयोग तनहुँको अध्यक्षमा कांग्रेसका सिलवाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भूमि आयोग तनहुँको अध्यक्षमा कांग्रेसका सिलवाल

    खबरपुञ्ज संवाददाता

    २८ पुष २०८१, सोमबार

    दमौली । भूमि समस्या समाधान आयोगको तनहुँ अध्यक्षमा भानु नगरपालिका-१० का गोविन्द सिलवाल नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले आयोगको तनहुँ अध्यक्षमा सिलवाललाई नियुक्त गरेको हो ।

    सिलवालले सोमबार नै शपथग्रहण गरेका छन् । सिलवाल भानु नगरपालिका-१० का पूर्व वडाध्यक्ष समेत हुन् ।

    कार्यक्रममा मन्त्री बलराम अधिकारीले तीन वर्षभित्र भूमि समस्या स्थायीरूपमा समाधान हुने बताएका छन् । अधिकारीले अहिले गठन भएको भूमि आयोग अन्तिम आयोग रहने बताए ।