दमौली अस्पताल र आयुर्वेदको नाम फेरियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पताल र आयुर्वेदको नाम फेरियो

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०८१, शुक्रबार

    दमौली । गण्डकी प्रदेश सरकारले आफू मातहतका अस्पताल र आयुर्वेद केन्द्रको नाम परिवर्तन गरेको छ ।

    प्रदेश मन्त्रिपरिषद्को पुस ९ गतेको निर्णय अनुसार तनहुँ दमौलीस्थित दमौली अस्पताल र आयुर्वेद केन्द्रको नाम फेरिएको छ ।

    दमौली अस्पताललाई प्रदेश अस्पताल दमौली तनहुँ राखिएको छ भने आयुर्वेद केन्द्रलाई प्रदेश आयुर्वेद चिकित्सालय बनाइएको छ ।