दमाैली । नेपाल निजामति कर्मचारी सङ्गठन तनहुँको अध्यक्षमा भगवान त्रिपाठी चयन भएका छन् । शनिबार सम्पन्न सङ्गठनको बाह्रौ अधिवेशनबाट त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
अधिवेशनबाट सङ्गठनको उपाध्यक्ष खुल्लामा भोजहरी रानाभाट, उपाध्यक्ष महिलामा हममाया पुन, सचिवमा विष्णु खत्री क्षेत्री, सहसचिवमा प्रितम थापा, कोषाध्यक्षमा रमाकान्त खनाल, सदस्यहरुमा पुष्पहरि रानाभाट, अनिल त्रिपाठी, श्यामप्रसाद सापकोटा, भावना ढकाल, निशा रानाभाट, अन्जु बसौला, उषाकिरण तिवारी, नविनकुमार श्रेष्ठ, मनप्रसाद नेपाली, तिलक रानाभाट, झलकनारायण ठकुरी, रोशन मल्ल ठकुरी, पुष्पराज गिरी चयन भएका छन् ।
केन्द्रीय प्रतिनिधिहरुमा रुद्रसिं ठकुरी, रामहरि देवकोटा, पार्वती पौडेल, पुष्प खनाल, गण्डकी प्रदेश प्रतिनिधिहरुमा रुद्रसिं ठकुरी, कृष्णप्रसाद न्यौपाने, मदन सुवेदी, सोमकान्त पौडेल, संगिता रेग्मी खनाल चयन भएका छन् ।
कार्यक्रमकाे उद्घाटन सङ्गठनका केन्द्रीय अध्यक्ष लेखनाथ काेइरालाले गरेका थिए । रुद्रसिंह ठकुरीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा सङ्गठनका केन्द्रीय उपाध्यक्ष भवानी न्याैपाने दाहाल, गण्डकी इन्चार्ज घनश्याम सापकाेटा, उपमहासचिव रामचन्द्र अधिकारी, नेकपा एमाले प्रदेश कमिटीका सदस्य एवं म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कंडेल, सचिव प्रदीपराज अधिकारी, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, नापी कार्यालयका प्रमुख विजयकुमार सिंह, आन्तरिक राजश्व कार्यालयका प्रमुख डा. लालबहादुर खत्री, गण्डकी प्रदेश कार्यसमितिका पूर्व अध्यक्ष अशाेक खनाल, सङ्गठनका केन्द्रीय सचिवद्वय बामदेव ओली, राजबहादुर पछाई, केन्द्रीय सदस्यहरु विजयकुमार श्रेष्ठ, सचिवालय सदस्य तेजबहादुर निउरे, राममणि ढुंगाना, रामहरि खड्का, भिमा सुवेदी लगायतले मन्तव्य राखेका थिए ।