तनहुँका विज्ञान शिक्षकबीच अन्तरक्रिया
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका विज्ञान शिक्षकबीच अन्तरक्रिया

    खबरपुञ्ज संवाददाता

    ४ माघ २०८१, शनिबार

    दमौली । विज्ञान शिक्षक समाज तनहुँको आयोजनामा जिल्ला भरका विज्ञान शिक्षकहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

    म्याग्दे गाउँपालिकाको छविसे स्थित अकला मन्दिर परिसरमा वनभोज कार्यक्रम मार्फत सो कार्यक्रम सम्पन्न गरिएको हो । समाजका अध्यक्ष देवराज अधिकारी को अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि टप्स एजुकेशन फाउन्डेसन पोखराका प्रबन्ध निर्देशक बल‌बहादुर थापाले विज्ञान शिक्षकको क्षमता अभिवृद्धिका लागि आफ्नो संस्था स्टानसँग सहकार्य गर्न सदैब तयार रहेको बताएका थिए ।

    कार्यक्रममा टाइम्स पब्लिकेशनका सन्तोष घिमिरेले बिगतमा पनि स्टान तनहुँसंग विभिन्न शैक्षिक कार्यक्रममा हातेमालो गरेको जानकारी‌ दिँदै सहकार्य निरन्तर‌ रहने र छिट्टै नै विज्ञान शिक्षकको क्षमता अभिवृद्धिका लागि बृहत शैक्षिक कार्यक्रम गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

    जिल्ला भरका विज्ञान शिक्षकहरू बिच परिचयात्मक तथा अनुभव आदन प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको र विभिन्न संस्थाहरूसंग हातेमालो गरेर स्टानले विभिन्न कार्यक्रमहरू गर्न विज्ञान शिक्षकहरू सदैव ईच्छुक रहेको समाजका अध्यक्ष अधिकारीले बताएका थिए ।

    सोही कार्यक्रममा नवनियुक्त विज्ञान शिक्षकहरूलाई स्वागत गरिएको बताइएको छ । कार्यक्रमका लागि अकला मन्दिर ब्यबस्थापन समिति अध्यक्ष तथा मिन मावि थर्पुका प्रधानाध्यापक तथा विज्ञान शिक्षक राजेन्द्र भण्डारीले समितिको तर्फबाट वनभोज कार्यक्रम स्थल निशुल्क उपलब्ध गराएको र टप्स एजुकेशन फाउण्डेशनको प्रयोजन एवं टाइम्स पब्लिकेशनका गण्डकी प्रदेश बजार व्यवस्थापक सन्तोष घिमिरेले आर्थिक सहयोग उपलब्ध गराएको शिक्षक राजिव श्रेष्ठले बताए।

    जिल्ला भरका ६० भन्दा‌ बढी‌ विज्ञान शिक्षकहरूको उपस्थित रहेको उक्त कार्यक्रमको संयोजन गणेश मावि म्याग्दे छाङका माध्यमिक तह विज्ञान शिक्षक तथा विज्ञान शिक्षक समाज गण्डकी प्रदेश सदस्य नारायण पोख्रेलले गरेको कार्यक्रमको सञ्चालन समाजका सचिव तथा तालबेसी माविका प्रधानाध्यापक ध्रुव वाग्लेले गरेका थिए ।