दमौली । युवा अभियान्ता सुदीप गफ्फारको न्यानो अभियान सकिएको छ । न्यानो अभियान अन्तर्गत गफ्फारले नौ वटा विद्यालयका दुई सय १६ विद्यार्थीलाई स्वीटर वितरण गरेका छन् ।
तिहारमा देउसीभैलो खेलेर संकलित रकमबाट गफ्फारले न्यानो अभियान सञ्चालन गरेका थिए ।
यो अभियान अन्तर्गत गफ्फारले आइतबार व्यास नगरपालिका-६ स्थित रत्नज्योति आधारभूत विद्यालयका १९ जना विद्यार्थीलाई स्वीटर वितरण गरेका छन् । विपन्न बालबालिकालाई जाडोमा विद्यालय जान सहज होस् भनेर न्यानो अभियान चलाइएको उनको भनाइ छ ।
रत्नज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक देउराज गुरुङले सहयोगप्रति गफ्फारलाई आभार व्यक्त गरेका छन् ।