जबरजस्ती करणी गरेको बन्दीपुरमा एक भारतीय पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जबरजस्ती करणी गरेको बन्दीपुरमा एक भारतीय पक्राउ

    खबरपुञ्ज संवाददाता

    १० माघ २०८१, शुक्रबार

    दमाैली । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बन्दिपुर गाउँपालिका-१ डुम्रे बस्ने भारत मोतीहरी घर भएका २२ वर्षीय श्रवण कुमारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

    श्रवणले ती किशोरीलाई डर त्रास देखाई असोज १५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।