तनहुँमा गुञ्जिए प्रदीप रोदन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा गुञ्जिए प्रदीप रोदन

    खबरपुञ्ज संवाददाता

    १० माघ २०८१, शुक्रबार

    दमाैली । गजल विधामा युवामाझ प्रख्यात छन् प्रदीप रोदन । तनहुँमा पहिलो पटक उनका गजलहरु गुञ्जिएका छन् ।

    लायन्स क्लव अफ तनहुँ भानुभक्तले शुक्रबार दमौलीमा आयोजना गरेको लायन्स गजल साँझमा रोदनले आफ्ना चर्चित गजलहरु बताए। दमौली सभाहलको आयोजित कार्यक्रममा उनले एक दर्जन बढी गजलहरु प्रस्तुत गरे ।

    त्यसक्रममा उहाँले ‘बचाएको जस्तो गरेर सिध्याइदिने खेल रहेछ, उसले पानी भनेर छ्यापेको मट्टिटेल रहेछ’, ‘बा हेर्नुस् त खाना पाइन्छ लेखिएको छ त्यहाँ, थाहा छ बाबु सित्तैमा पाइन्छ लेखिएको छैन’, ‘मेरो पिठ्युमा घाउ छ भन्ने थाहा पाएको छ, कहिले नआउने मान्छे आज धाप मार्न आएको छ’ जस्ता चर्चित गजल सुनाए ।

    त्यसक्रममा आधुनिक गजल गायक राज सिग्देल, नवराज थापाले पनि आफ्ना प्रस्तुती दिएका थिए ।

    विपन्न बालबालिकाको सहयोगार्थ क्लवले पहिलो पटक जिल्लामै गजल साँझको आयोजना गरेको क्लवका पूर्व अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए।

    कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सामाजिक कार्यमा लायन्स क्लवले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गरे ।