दमौली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन दमौली आउने भएका छन् । पार्टी कार्यकर्ता भेटघाटदेखि प्रसिद्ध धार्मिक स्थल छाब्दीवाराही मन्दिरमा पूजाआजा तथा दर्शनका लागि लिङ्देन दमौली आउन लागेका हुन् ।
बुधबार राप्रपाको कार्यालयमा लिङ्देनले कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको सो पार्टीका जिल्ला अध्यक्ष विनोद घर्तीले जानकारी दिए । लगत्तै व्यास नगरपालिका-१४ स्थित छाब्दीवाराही मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम तय भएको घर्तीले बताए ।