दमाैली । गृह मन्त्रालयले चालू आर्थिक वर्षको दाेस्राे तीन महिनाको अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय तनहुँ २३ औं स्थानमा परेकाे छ । पहिलाे त्रैमासिकमा ६९ औं स्थानमा रहेकाे तनहुँ प्रशासनले दाेस्राे त्रैमासिकमा उल्लेख्य सुधार गरेकाे हाे ।
२० पूर्णाङ्कमा तनहुँ प्रशासनले १८.८१ अङ्क प्राप्त गरेकाे छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१–८२ दाेस्राे त्रैमासिकमा तनहुँ प्रशासनले पहिलाे त्रैमासिकभन्दा सुधार गरेकाे देखिएकाे छ ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जिम्मेवारी सम्हाले लगत्तै स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण, क्युआर काेर्डमार्फत गुनासाे सुनुवाई लगायतका कामकाे सुरुवात गरेका थिए ।
मन्त्रालयले तय गरेका विभिन्न सूचकलाई पुरा गरेका आधारमा गरिएको मूल्याङ्कनमा इलाम पहिलाे, पश्चिम रुकुम दाेस्राे र पाल्पा तेस्राे स्थानमा छन् ।