नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि क्यानले खुलायो आवेदन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि क्यानले खुलायो आवेदन

    खबरपुञ्ज संवाददाता

    २ फाल्गुन २०८१, शनिबार

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ । क्यानले शनिबार सूचना निकाल्दै आवेदन खुलाएको हो ।

    क्यानले ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता भएको योग्यतासहित ५ वर्षको प्रशिक्षण अनुभव भएको व्यक्ति माग गरेको छ ।

    साथै एसोसियट राष्ट्रको खेल गतिविधिबारे जानकार भएको व्यक्ति हुनुपर्ने उल्लेख छ । फेब्रुअरी २८ सम्म आवेदन दिने अन्तिम मिति तोकिएको छ ।

    भारतीय प्रशिक्षक मोन्टी देशाईसँगको दुई वर्षे सम्झौता गत महिना सकिएपछि उनीसँगको सम्झौता नवीकरण भएको थिएन।